ग्रामीण बजार पहुँच सुदृढ गर्ने, उद्यमशील वातावरण निर्माण गर्ने र covid-19 को असरबाट पुनरोत्थानका लागि रोजगारीका अवसरहरू सिर्जना गर्ने आयोजनाको मुख्य लक्ष्य रहेको छ । उक्त लक्ष्य हासिल गर्न आयोजनाले निम्न उद्धेश्यहरु लिएको छ ।
उद्देश्य:
-
उत्पादनमूलक साझेदारीको माध्यमबाट बजार श्रृंखला मजबुत गर्ने
-
संघीय संरचनामा आवश्यक नीतिगत खाका, उपयुक्त संरचनाहरु र अन्य सहयोगी सेवाहरु मार्फत उद्यमशील वातावरण निर्माण गर्न सहयोग पुर्याउने
-
कोभिड 19 को असरबाट प्रभावित खाद्य आपूर्ति श्रृंखला सुधार गर्ने र स्थानीय अर्थव्यवस्था सुदृढ गर्ने